प्युठानको पितबहादुर एमसीलाई माओवादीले कारबाही गर्ने

काठमाडौं । प्युठानको झिमरुक गाउँपालिकामा पार्टीको निर्देशनविपरित नेकपा (एमाले) सँग तालमेल गरेका नेकपा (माओवादी केन्द्र)का नेता पितबहादुर एमसीलाई पार्टीले कारबाही गर्ने भएको छ ।

झिमरुकमा पाँच दलीय गठबन्धनको निर्णयविपरित एमसीले एमालेसँग अघोषित रुपमा चुनावी तालमेल गरका थिए । माओवादी) केन्द्रले गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका एमसीलाई एमालेसँगको ‘अवैध र अघोषित’ बन्द नगरे कारबाही गर्ने भन्दै सचेत गराएको छ ।

माओवादी केन्द्र लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल र प्रदेश अध्यक्ष सुदर्शन बरालले एमसीलाई ‘एमालेसँग गरेको ‘अवैध र अघोषित’ गठबन्धन बन्द गर्न निर्देशनसहित पत्र पठाएका छन् ।

सो पत्रमा पार्टीको नीति विपरित प्रतिगमनकारी एमालेसँगको तालमेल गरेको भन्दै सो तालमेल भंग नगरे पार्टीले कारबाही गर्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार