२५६६ औं बुद्ध जयन्ती ४ दिनसम्म मनाइने

बुटवल । २५६६ औं बुद्ध जयन्ती रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने भएको छ । कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन सकिएको थिएन ।

बुद्धको जन्मस्थल लुम्बिनीमा जेठ १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने तयारी भएको लुम्बिनी विकास कोषले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बुद्ध जयन्ती मनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यस अन्तर्गत विभिन्न उपसमितिहरु क्रियाशील रहेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार