मृतकका आश्रितलाई २ लाख सहयोग

चंडीगढ़, २५ डिसेम्बर । अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका ७ वामरुक निवासी चिन्तामणी भुसालको छोरा तथा मूल प्रवाहका साधारण सदस्य रामु भुसालको गत १३ अक्टुबरको घरको पिडीबाट लडेर असमायिक निधन भएको थियो ।

मृतक रामु भुसाल सगरमाथा टुर एण्ड ट्रावलको करनाल अफिसमा कार्यरत आधा सेयरहोल्डर समेत हुनुहुन्थ्यो । आर्थिक स्थिति निम्न भएको वहाँको परिवारमा रामु भुसालको ४२ वर्षकै युवा उमेरमा भएको निधन पछि एक छोरा एकछोरी र श्रीमतिको आर्थिक स्थिति झनै चिन्ता जनक भएकोले न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्रावल प्रा.ली. कपिलवस्तु, न्यू सगरमाथा टुर एण्ड ट्रावल लुधियाना र सगरमाथा टुर एण्ड ट्रावल चंडीगढ़ले संयुक्त रुपमा रु. २ लाख नेरु सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त प्रतिवद्धता अनुसार आज सगरमाथाका प्रतिनिधिहरु गोपाल वञ्जाडे, बाबुराम अधिकारी, गोकर्ण खडका, राजु अनुराग, राजन घिमीरे लगायतको टिमले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़का कार्यकर्ता खिमराज चालिसे र लक्ष्मण खनाल, एवं वेलफेयर सोसायटीका खेमनाथ तथा अन्य शुभचिंतकहरुको रोहवरमा मृतक को श्रीमती सुन्दरा भुसाललाइ रु २ लाख नेरु हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार