हामी सारा नेपाली

सबै भन्दा खतरा हुन्छ
जातियताको लाडाईं ।
जस्ले पनि आफ्नै जातको
गर्छन बढाई चढाई ।
ब्यक्ति बिसेष हेरिंदैन
जातीय द्वन्द्वमा ।
बच्चादेखि वृद्धासम्म
पारिन्छ फन्दमा ।
उता हाने यता हान्नि
जो जहाँ भेटेनी ।
दुबै पक्ष बद्लिने
रिस राग मेटाउने ।
न्याय अन्याय हेरिदैन
केवल आफ्नो जात ।
पिडित जति छट्पट्याय नि
दिईंदैन साथ ।
खतरा हुन्छ जातिय द्वन्द्व
कहालि लाग्दो पनि ।
मिलीजुली बस्नु पर्छ
सबै सभ्य बनि ।
पाककच पैसाको झगडाले
हुन्छ पचास खर्च।
झगडामा हिड्दा हिड्दै
नाङगो हुनु पर्छ ।
वार्ता दुवारै टुंग्याईन्छ
हतियारका लडाईं ।
कसैले नि गर्नु हुन्न
कुरा बढाई चढाई ।
जातिय आगो सल्क्यो भने
निभ्न गारो हुन्छ ।
मानव मात्र हैन अनि
सिंगो देश नै रुन्छ ।
जातीय आगो न सल्काउँ
कहिं कतैबाट ।
जस्ले आगो झोसे पनि
हुन्छ सबलाई घाटा ।
सयौं थुङगा फुलका हामी
एउटै माला नेपाली ।
यहि गितलाई मनन् गरौं
हामी सारा नेपाली ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार