

काठमाडौं । जिम्बावे ‘ए’सँग नेपालले एकदिवसीय सिरिज जितेको छ। किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम एक दिवसीय खेल जितेसँगै नेपाल २-१ ले सिरिज विजेता भएको हो।
आज भएको खेलमा नेपालले ६ विकेटले जिम्बावेलाई पराजित गरेको हो। टस हारेर ब्याटिङ्को निम्तो पाएको जिम्बावेले ३२.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१३ रन जोडेको थियो।
जवाफी ब्याटिङ्मा उत्रेको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाउँदै २१४ रन जोडेको हो। नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन जोडे। त्यस्तै आशिफ शेखले २९ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ६० रन जोडे।
त्यस्तै किशोर महतोले छ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिँदा करन केसी र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।
आजको खेल ३३ ओभरको निर्धारण गरिएको थियो। यसअघि भएको दुई खेलमा नेपाल र जिम्बावेले समान १/१ खेल जितेका थिए।
यस्तै जिम्बावेसँग भएको टी-२० सिरिज नेपाल र जिम्बावेले समान १/१ खेल जितेका थिए भने एक खेल वर्षाका कारण स्थगित भएको थियो।