सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् । ललितपुरको लुभुस्थित संजय महर्जनको घरमा खेलाडी सञ्जु मृत भेटिएकी हुन् ।

प्रशिक्षक महर्जनको घरमा आयोजित रात्री भोजमा सामेल भएकी उनी बिहान मृत भेटिएकी हुन् । एसियाली खेलकुदको तयारीका लागि केहि दिन अगाडि मात्र उनी आएकी थिइन् ।

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन्। महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण इतिस रचेकी थिइन्।

पोखरा माटेपानीस्थित एसआर केसी बैंक्युटमा भएको प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार