अगिबागमा प्रकाशन भेला सम्पन्न

अलिबाग । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अगिबाग नगर समितिको आयोजनामा प्रकाशन भेला सम्पन्न पारिएको छ । भेलाको अध्यक्षता मधु पुनले र सञ्चालन रमेश दर्लामीले गर्नुभएको थियो । अतिथिहरुको आसन ग्रहण र ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि खिम बहादुर पल्लीले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा केन्द्रीय समितिका सचिव प्रेम पौडेलले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो । पौडेलले भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रकाशनहरुले श्रमजिवी वर्गमा लगातार चेतना स्तरको वृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो । पौडेलले सन १९८१ देखि अनवरत रुपमा भारतमा एकता समाजले समाजिक, राजनैतिक, साँस्कृतिक क्षेत्र तथा जनचेतनाको विकासलाई मध्य नजर गर्दै गरिखाने वर्गको पक्षमा कलम चलाएको छ, यसको निरन्तरतालाई भारत प्रवासका सम्पूर्ण श्रमजिवी नेपालीहरुको सहयोग र समर्थन आवश्यकता रहेको बताउनु भयो ।

त्यस्तै केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष खुम बहादुर पुनले एउटा पत्रिका र एक सयजना कार्यकर्ताको महत्व समान रहेकाले सम्पूर्ण कार्यकर्ताहरुले पत्रिकाको अध्ययन गर्नु पर्ने बताउनु भयो । पुनले वर्तमान परिवेशमा पत्रपत्रिका सैद्धान्तिक पक्षमा सम्पूर्ण कार्यकर्ताहरु सजग हुनु पर्नेमा समेत जोड दिनु भयो ।

कार्यक्रममा क्षेत्रीय सदस्य तेज बहादुर थापाले पनि मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार