राजमोलाई जिताउन मूल प्रवाहका नेताहरु जिल्ला जिल्लामा

काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ता आसन्न स्थानीय निर्वाचनमा देशका विभिन्न जिल्लामा खटेका छन् ।

राष्ट्रिय जनमोर्चाको पक्षमा मतदान गर्न र चुनावी माहोल बनाउन हप्तौदेखि मूल प्रवाहका नेता कार्यकर्ता आ–आफ्नो जिल्लामा खटेका महासचिव केबी थापाले बताउनुभएको छ ।

महासचिव थापाका अनुसार मूल प्रवाहको केन्द्रीय समितिका २७/२८ जना नेता अहिले देशभित्र कार्यरत छन् भने सयौंको संख्यामा प्रदेश र नगर समितिका सदस्यहरु चुनाव प्रचारमा खटेका छन् ।

‘हामी केन्द्रीय समितिका २७/२८ जना अहिले देशभित्र छौँ । क्षेत्रीय र नगर समितिका गरी सयौंँ जना चुनाव प्रचारमा खटेका छौँ’ थापाले भन्नुभयो, ‘केही साथीहरुबाहेक सबैलाई आ–आफ्नो जिल्ला र मतदाता नामावली रहेको ठाउँमा पठाएका छौँ ।’

महासचिव थापाका अनुसार अध्यक्ष ठाकुर खनाल र उपाध्यक्ष कपिल खनाल अहिले कपिलवस्तु जिल्लामा हुनुहुन्छ । उहाँहरु दुवैजना केही हप्ताअघि देखि नै कपिलवस्तुमा राजमोको चुनाव प्रचारमा खटिनुभएको छ । यस्तै, उपाध्यक्ष प्रेम पौडेल र महासचिव थापा बागलुङमा क्रियाशील हुनुहुन्छ भने सचिव त्रिभुवन भट्टराई प्युठानमा हुनुहुन्छ । निवर्तमान अध्यक्ष दुर्गा बहादुर केसी दाङमा राजमोको चुनाव प्रचारमा खटिनुभएको छ ।

यसैगरी सचिव वेदबहादुर कार्की रामेछाप र कोषाध्यक्ष मदन शर्मा बागलुङमा चुनावी अभियानमा क्रियाशील हुनुहुन्छ ।

त्यसैगरि केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द कैलाली, केन्द्रीय सचिव प्रेम सापकोटा गैंडाकोट, केन्द्रीय सदस्य कृष्ण जिसी, चन्द्र बहादुर थापा, रामचन्द्र पौडेल, लाल बहादुर क्षेत्री, गिरीराज परियार, शिव केसी, शालिकराम आचार्य, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, राजकुमार शाही, नारायण सापकोटा पनि स्थानीय चुनाव सफल पार्नका लागि स्वदेश भित्रिनुभएको छ ।

देशका महत्वपूर्ण राजनीतिक परिवर्तमा साथ दिँदै आएको मूल प्रवाहले स्थानीय चुनावमा पनि जनमोर्चाका उम्मेदवारहरुलाई जिताउन प्रत्यक्ष भूमिका खेलिरहेको छ ।

त्यस्तै विभिन्न क्षेत्र तथा नगर समितिहरुबाट पनि व्यापक पैमानामा मूल प्रवाहका कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चाका उमेदवारहरुलाई विजयी बनाउन स्वदेश फर्किनुभएको छ ।

स्मरण रहोस् : मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले शुरुदेखि नै प्रवासी नेपालीहरुलाई आफू रहेको देशबाट नै मत दिन पाउने अधिकारको माग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार