हजुरबा चुनाव चिन्ह चिन्नु भयो

हजुरबा
बिहानै हजुर ओछ्यानमा छदै
तातो चिया
दिन्थ्य नि मैले हजुरलाई गिलासमा
हो त्यही
गिलास चुनाव चिन्ह हो हजुरबा !
अनि
हजुरबा
बिहान हजुर खाना खाने बेला
गुलियो मही
दिन्थ्य नि मैले हजुरलाई गिलासमा
हो त्यही
गिलास चुनाव चिन्ह हो हजुरबा !
हजुरबा
दिउँसो हजुर नास्ता खाने बेला
बाक्लो दही
दिन्थ्य नि मैले हजुरलाई गिलासमा
हो त्यही
गिलास चुनाव चिन्ह हो हजुरबा !
अनि
हजुरबा
राती हजुर सुत्ने बेलामा
तातो पानी
दिन्थ्य नि मैले
हजुरलाई औषधी खाना गिलासमा
हो त्यही
गिलास चुनाव चिन्ह हो हजुरबा !
हो हजुरबा
जसरी
प्रत्येक दिन हजुर बाँच्न
गिलासको साथ चाहिएको छ
त्यसरी नै
प्रत्येक दिन देश बाँच्न
गिलासको साथ चाहिएको छ
त्यसैले हजुरबा
गिलास चिन्हमा भोट दिनु होला
अब त
हजुरबा चुनाव चिन्ह गिलास भन्नु भयो
हजुरबा चुनाव चिन्ह गिलास चिन्नु भयो !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार