बधाई तथा शुभकामना

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत रक्तिम केन्द्रीय विभागका वोम सिंजापति र रक्तिम अभियान केन्द्रीय सदस्य उशा तरामी बीच वैवाहिक सम्बन्ध कायम भएको अवसरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न पारिएको छ । समाजको तारापुर नगर समितिको आयोजनामा सम्पन्न पारिएको सो शुभकामना कार्यक्रममा केन्द्रीय सचिव प्रेम पौडेलको विशेष उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेदबहादुर काकी, मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुँवर, महिला क्षेत्रीय विभागकी रेणुका कुँवर, तारापुर महिला नगर विभागकी सुमित्रा नेवार, शान्ति सिंह, सुनिता पुन, सुरत नगर समितिका मान बहादुर लगायतले नव विवाहित दम्पत्तीलाई वधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार