गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

  • जजिराले गर्यो अवतरण
  • भैरहवा । आजदेखि २४ सै घण्टा चल्ने गरी गौतमबुद्व अन्तर्राष्ट्रिय विमानसथल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजना भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गर्नु भएको छ ।

    २२ किलोमिटको दूरीमा निर्माण गरिएको विमानस्थल आज बुद्ध पूणर्िमाको अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सको जहाज पहिलोपटक सोमबार बिहान जहाज ७ बजेर ८ मिनेटमा ६८ जना यात्रु बोकेर दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको जजिराको जहाज आज नै ९० जना यात्रु बोकेर कुवेत फर्किने भएसँगै व्यावसायिक उडान शुरु भएको छ ।

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको विमानस्थल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरी औपचारिक उद्घाटन भएको छ ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार