
प्युठान । गौमुखी गाउँपालिका वडा नं ५ खुङमा राष्ट्रिय जनमोर्चाका बरुणध्वज मल्ल वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मंगलबार मध्यराति सकिएको मतगणनामा मल्ल ५३४ मतका साथ विजयी हुनुभएको हो ।
मल्लका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारको ३२९ मत आएको छ ।
खुङमा राष्ट्रिय जनमोर्चाको पुरै टिम विजयी भएको छ ।
स्मरण रहोस् यसभन्दा २०४९ देखि २०७९ सम्म सम्पन्न भएको स्थानीय चुनावमा राजमोको खुङमा पहिलो विजय हो ।
















