जैमिनीमा नरबहादुर पुन अत्याधिक बहुमतले निर्वाचित

बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा भारी मतान्तरसहित राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरबहादुर पुन निर्वाचित हुनुभएको छ ।

मंगलबार राति सम्पम्न मतगणना अनुसार पुनले ८ हजार ७५५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ हजार ८७३ मत ल्याउनुभएको छ ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हरिहर शर्माले ९ हजार १७३ मत ल्याई विजयी हुनु भएको छ ।

उहाँका निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवारले २ हजार६ ३६ मत ल्याएका छन्।  अन्तिममा मतगणना गरिएको वडा नं १० मा गठबन्धनले प्यानलै जितेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार