४ प्रमुख, ४ उपप्रमुख, २६ वडाअध्यक्ष, यी हुन् राजमोका १८२ स्थानीय जनप्रतिनिधि

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा १८२ जनप्रतिनिधि निर्वाचित गरेको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम अनुसार राजमोले देशका विभिन्न जिल्लामा गरी सो संख्यामा जनप्रतिनिधि निर्वाचित गर्न सफल भएको हो ।

प्राप्त विवरण अनुसार राजमोका चार पालिका प्रमुख, चार उपप्रमुख, २६ जना वडाअध्यक्ष र १४८ जना सदस्य छन् ।

गत २०७४ सालको निर्वाचनमा भन्दा यसपटक राजमोले थप पालिका जित्नुका साथै जिल्ला पनि थप गरेको छ ।

राजमोको तर्फबाट बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिका, प्युठानको मल्लरानी गाउँपालिका र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा प्रमुख पद जितेको छ ।

यस्तै, प्युठानको स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका, बागलुङको काठेखोला गाउँपालिका र वडिगाड गाउँपालिकामा उपप्रमुख जितेको छ ।

हेरौँ राजमोका स्थानीय जनप्रतिनिधिको सूची :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार