काठेखोला गाउँपालिका उपाध्यक्षमा तेज बहादुर थापा (तिलक थापा) विजयी

बाग्लुङ । काठेखोला गाउँपालिका उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेज बहादुर थापा (तिलक थापा) विजयी भएका छन् ।

उपाध्यक्षमा तिलक थापाले आफ्ना प्रतिद्वन्द्वी कोपिला पुनलाई २ सय ६५ मतान्तरले पराजित गरे । थापाले ६ हजार ७ सय १२ मत प्राप्त गरेका छन् भने पुनले ६ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् । काठेखोला गाउँपालिकामा १४ हजार ७ सय ३३ मत खसेको थियो ।

अध्यक्ष राजु थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल बहादुर कार्कीलाई एक हजार मतान्तरले जीत हाँसिल गरे । थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरेका छन् भने कार्कीले ६ हजार ७ सय ५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार