वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘एउटा मतपेटिका गन्न छुटेछ’ भन्ने खबर आएपछि…

महोत्तरी । ३० वैशाख २०७९ को स्थानीय तहको निर्वाचनमा रोचक रोचक दृश्यहरु देखिए । कही एक भोटको मतान्तरले जिते, हारे । कतै हारे भनेर घर पुगेका उम्मेदवार जितेको खबरले हर्षाेल्लास मनाए । जे होस् दलहरुबीचको प्रतिस्पर्धा र मत परिणाम जे जस्ता आए पनि मतगणना कार्य अन्तिम अवस्थामा पुगेको छ ।

यसरी बर्दिबास नगरपालिकाको महोत्तरी–८ मा पनि मतगणना सकिएसँगै वडाध्यक्षमा निर्वाचित भएका उम्मेदवारले कार्यकर्ता तथा स्थानीयसँग खुसी साटे । उनी हुन् नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार समसेर सिंह लामा।

वडाध्यक्षमा निर्वाचित भएपछि यत्तिकै खुसी हुने नै भयो र उनको परिचय थप थपियो । तर, उनको खुसी र परिचय थपिएको केही समयमै उनलाई निराशा बनाउने खबर आयो, ‘सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेको रहेछ, फेरि मतगणना गर्नुपर्ने भयो ।’

यो खबर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीले गरेको थियो । वडाध्यक्षमा निर्वाचित भइसकेका सिंह सपना कि विपना छुटाउन सकेनन् । नपत्याउ निर्वाचन कार्यालयबाट फोन आएको छ । पत्याउ निर्वाचित भइसकेको घोषणा गरेपछि ‘कहाँ त्यस्तो हुन्छ ?’

तर, तीन वटा मतदान केन्द्रमध्ये आधारभूत विद्यालयको एउटा बाक्स भेटिए पछि मतगणना गरेर निर्वाचित छिनोफानो गर्नु नै पर्ने भयो । यस घटनाले आश्चर्य त बनायो नै तर त्योभन्दा बढी निर्वाचन कार्यालयको गैरजिम्मेवारी छ्यांगै देखियो ।

वडाध्यक्षमा विजयी भएका समसेरले ७५१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत ल्याएका थिए । अब गणना हुने मतले को जित्छ वा हार्छ त्यो नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार