रुपन्देहीमा १२७ औं माओ दिवस मनाइयो

टेकराज भुसाल (टेकु)
बुटवल । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीको आयोजनमा १२७ औ माओ जयन्ती मनाइएको छ । कार्यक्रमलाई अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरब राज रेग्मीले सम्बोधन गर्नुभएको थियो । सम्बोधन गर्दै नेता रेग्मीले किसान, मजदुर, महिलाको मुक्तिका लागि नयाँ जनवादी व्यवस्था ल्याउनु पर्ने र माओको बिचार यहि भएकाले नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा र यसका जनवर्गीय मोर्चाहरुले माओको बिचारलाई मान्दै आएको बताउनु भयो ।

कार्यक्रममा बरिस्ठ बामपंथी नेता रामचन्द्र भट्ट, राजमोका नेता आनन्द शर्मा, बुद्धिजीवी संघका दुर्गानाथ खरेल, बिश्व कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमो रुपन्देहीका कोषाध्यक्ष गणेश गौतम, युबक संघका केन्द्रीय सदस्य हरि योगी, अखिल (छैठौं) रुपन्देही का अध्यक्ष सरोजमान सिंह, अखिल नेपाल महिला संघ रुपन्देहीका कोषाध्यक्ष लक्ष्मी कुँवर, प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीका सदस्य टेकराज भुसाल (टेकु), अन्टुक रुपन्देहीका अध्यक्ष कबिराज गिरी, जातिय समता समाजका भोजराज बिकले माओको बिचारलाई किसान, मजदुर, महिला, युवा, बिद्यार्थीहरु बिच लग्नु पर्ने बताएका थिए ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमको अध्यक्षता, सचिब टान बहादुर कसीको सञ्चालन र अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य हरि केसीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार