बागलुङका शालिकराम कँडेलले जापानमा गरे आत्महत्या

जापान । बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँ निवासी हाल जापानको ओसाकामा कुक पेसामा कार्यरत वर्ष ३१ का शालिकराम कँडेलको निधन भएको छ ।

गत राती अर्थात् मे १९, २०२२ का दिन जापानको ओसाकास्थित आमागासी सहरमा उहाँको निधन भएको हो ।

आफू बस्दै आएको कोठाको किचनमा कम्प्युटरको चार्जर (तार) ले पासो लगाई आत्महत्या गरेको जापान नेपाली एकता समाज ह्योगो क्षेत्रीय अध्यक्ष एवम् मृतकका भिनाजु भूवन सापकोटाले युगदर्शन ाई जानकारी दिनुभयो ।

मृतक कँडेल एक वर्षअघि मात्रै कुक पेसामा जापान आएका थिए भने उनकी श्रीमती विष्णु कँडेल जापान आएको एक महिना पनि भइसकेको छैन ।

उनले के कति कारणले आत्महत्या गरे भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।

मृतक कँडेलका एक छोरी र एक छोरा नेपालमा हजुरआमासँगै छन् ।

उनको भोलि मे २१, २०२० का दिन जापानमै अन्त्यष्टि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार