राजमो बंगलाचुलीद्वारा चुनावको समीक्षा

दाङ । राष्ट्रिय जनमोर्चा, बंगलाचुली गाउँपालिका समितिले स्थानीय चुनावको समीक्षा गरेको छ । सोमबार एक कार्यक्रमबीच राजमोले चुनावी समीक्षा गरेको हो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य, चुनाव प्रचार प्रसार संयोजक भरतजोन भण्डारी, गाउँपालिका उपाध्यक्षका उम्मेदवार अनिता पाण्डे, वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार केदार परियार, राजमो गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर खत्री, हुकुम राना, तिलक घर्ती, दानबहादुर घर्ती, डोमा विक, चेतीकुमारि थापा लगाएतले स्थानीय चुनावबारे आफ्ना अनुभव बताउनुभएको थियो ।

राजमोले छोटो समयको तयारीमै सन्तोषजनक नतिजा आएपनि अपेक्षा अनुसार मत नआएको ठहर गरेको छ ।

ठूला पार्टीहरुको भोट किन्ने प्रवृत्ति, समाजमा भोज भतेर खुवाएर सोझा साझा जनताहरुलाइ झुक्काएर भोट बटुलेको तथा जनता माझ भ्रम छर्ने कुप्रचारका कारण नतिजा सोचेजस्तो नआएको बैठकले निष्कर्ष निकालेको छ ।

राजमोले विभिन्न तहका उमेदवारहरु र पार्टीलाई विश्वास गरेर भोट दिने सम्पूर्ण मतदातालाई धन्यवाद दिएको छ । साथै जनताको हितमा रहेर सधैँ लागि पर्ने जनताहरुको समस्याविरुद्ध संघर्ष गर्ने राजमो नेताहरुले बताएका छन् ।

भरतजोन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकास्तरीय तथा वडा नम्बर ३ र ४ का उम्मेदवार लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार