दाङको गढवामा माओ दिवस सम्पन्न

दाङ । राष्ट्रिय जनमोर्चा गढवा गाउपालिका दाङको आयोजनामा माओ जयन्ती सम्पन्न भएको छ । २६ डिसेम्बर १८९३ मा चिनको हुनान प्रान्तको स्याङ्तान जिल्लामा जन्मेका माओको १२७ औ जन्म जयन्ती मनाइएको हो ।

राष्ट्रिय जनमोर्चा गढबा गाउँपालिका अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले माओको योगदान, भुमिका र सान्दर्भिकताको बरेमा प्रकाश हाल्नु भएको थियोे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेस समितिका सचिबालय सदस्य रेशम बिसि, जिल्ला अध्यक्ष गणेश आचार्य, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियोे ।

खुमानन्द पोख्रेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालल गाउँपालिका सचिब टुकमान कुँवरले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार