अमर

बिदाइ गरेउ भने, नराम्रा कामलाई ।
अमर राख्नेछौ, हामी आफ्नो नामलाई ।।

सचेत भयौं भने, युबा युबतीहरु ।
बन्न सक्नेछौ, देश स्वस्थ राख्ने औखतीहरु ।।

रोक्न सकेउ भने, प्रदेशिनेहरुलाई ।
उठिबास लाउनेछन् देश बेचि खानेलाई ।।

बनाउन सकेउ भने, जनतान्त्रिक संस्कारहरु ।
बिदाइ हुनेछन्, मानव अनि नदिनाला बेच्ने तस्करहरु ।।

बिकट ठाउँ-ठाउँमा पुग्न सके भने, युवा बाबु नानीहरु ।
पत्ता लगाउने छन् देशलाई, माथि उठाउने खानीहरु ।।

मन्त्रीहरुलाई भत्ता कम गरेउ भने, जहाँ ।
जनजनलाइ राहत मिलाउने छौ त्यहाँ ।।

जतिबेला बुझ्छौं, बिकासको दरकार ।
त्यतिबेला खारेज हुन्छन्, अनावश्यक राज्य सरकार ।।

बनाउन सकेउ भने, मरुभूमिलाई उर्भर ।
त्यतिबेला घट्नेछ, महङ्गाइ देशभर ।।

कम गर्न सकेउ भने, अनावश्यक खर्च ।
त्यतिबेलाबाट देशमा, आर्थिक निर्यात घट्छ ।।

शोषित पिडितले जतिबेला, कुरा बुझ्न थाल्छौं ।
घुषखोरीका अग्ला खम्बाहरु उखेली फाल्छौं ।।
।समाप्त।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार