विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

काठमाडौँ । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्। विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्। बुधबार उनले विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन्।

‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, ’ उनले लेखेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।’ उनले अब साधारण सदस्य भने रहिरहने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार