लापत्ता बालिकालाई मूल प्रवाहले फेला पार्‍यो

रोहतक । गत १ मई २०२२ का दिन रोहतकबाट लापत्ता भएकी १३ वर्षीय बालिका सरस्वती गौतमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले फेला पारेको छ । समाजको पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको रोहतक नगर समितिको पहलमा निज बालिकालाई जम्मुमा फेला पारेको हो ।
सो कार्यको लागि समाजका कार्यकर्ताहरुले स्थानीय रोहतकको प्रशासन हुँदै जम्मुको बलिचरा थाना क्षेत्र अन्तर्गत जम्मुबाट निज बालिकालाई उद्दार गरि रोहतक ल्याइएको हो ।

तर निज बालिकालाई जम्मुसम्म कसले पुर्‍यायो ? त्यसबारे भने प्रशासन र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजी गरिरहेको छ ।

गत केही वर्षमा यसप्रकारका बालबालिकाहरु हराउने गतिविधि बढदै आएको स्थानीय रोहतक प्रशासनले बताएको छ । यसप्रकारका गतिविधिमा संलग्न असमाजिक तत्वहरुलाई फेलापारी उपयुक्त कारवाही गर्ने समेत प्रशासनले मूल प्रवाहलाई आश्वासन दिएको छ ।

हराएको बालिकाको खोजी गर्न मूल प्रवाहलाई गुहार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार