दलबहादुर सोनी, खड्गबहादुर गिरी र घनश्याम राईप्रति मसालद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेकपा (मसाल) ले पार्टी सदस्यद्वय दलबहादुर नेगी र खड्गबहादुर गिरी तथा कम्युष्टि नेता घनश्याम राईप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले शनिबार शोक विज्ञप्ति प्रकाशित गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा कार्यरत भैरहवा निवासी दलबहादुर सोनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

यस्तै, मसालका पार्टी सदस्य तथा मूल प्रवाहका नेता रुपन्देहीको मानपकडी निवासी खड्गबहादुर गिरीको निधनप्रति महामन्त्री सिंहले दुःख प्रकट गर्नुभएको छ ।

यसैगरी मसालका पूर्वसदस्य धनकुटाको भेटेटार निवासी घनश्याम राईप्रति पनि महामन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ,
रुपन्देही जिल्ला भैरहवा निवासी तथा हाम्रो पार्टीका सदस्य कामरेड दलबहादुर सोनी(का. भोला)को २०७९ वैशाख २८ गते मृत्यु भएको छ । उहाँ श्रमको सिलसिलामा भारतको हरियाणा नारनौलमा रहँदै आउनुभएको थियो । त्यहीँ मूलप्रवाह नेपाली एकता समाज र स्थानीय पार्टी समितिका विभिन्न जिम्मेवारीमा रहेर कार्यरत रहनु भएको थियो । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. सोनी हाम्रो पार्टीको इमान्दार र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

रुपन्देही जिल्ला मानपकडी निवासी तथा हाम्रो पार्टीका सदस्य कामरेड खड्कबहादुर गिरीको ८० वर्षको उमेरमा २०७९ जेठ १४ गते मृत्यु भएको छ । उहाँ लामो समयदेखि क्यासरबाट पीडित रहँदै आउनुभएको थियो । उहाँ श्रमको सिलसिलामा भारतको दक्षिण भारत चेन्नइमा लामो समयसम्म रहनु भएको थियो र त्यहीँ मूलप्रवाह नेपाली एकता समाज र स्थानीय पार्टी समितिका विभिन्न जिम्मेवारीमा रहेर कार्यरत रहनु भएको थियो । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. गिरी हाम्रो पार्टीको इमान्दार र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

धनकुटा भेडेटार निवासी का. घनश्याम राईको २०७९ जेष्ठ १० गते मृत्यु भएको छ । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुको साथै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । उहाँ त्यस क्षेत्रमा लामो समयसम्म हाम्रो पार्टीमा सक्रिय रहनुभएको थियो । केही वर्ष पहिले उहाँ हाम्रो पार्टीबाट अलग हुनुभएको थियो । तर त्यसरी अलग हुनुभएको भएपनि उहाँले त्यस क्षेत्रमा कम्युनिस्ट आन्दोलनको विकासको लागि लगातार काम गरिरहनु भएको थियो । उहाँको मृत्युबाट नेपालको कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनलाई क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०७९ जेष्ठ १४ गते ।
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार