
बुटवल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सल्लाहकार खडक बहादुर गिरीको सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
८० वर्षको उमेरमा शनिबार निधन भएका गिरीको पार्थिव शरीरमा कम्युनिस्ट संग्रहालयका पूर्वअध्यक्ष चेतनाथ आचार्यले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
गिरीको आफ्नै निवास रुपन्देहीको सुध्दोधन गाउँपालिका साविक फर्साटिकरमा निधन भएको थियो । उहाँको अन्तिम संस्कार रुपन्देहीको कर्साघाटमा दशनामी परम्परा अनुसार गरिएको थियो ।
अन्त्येष्टिका क्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले शोक मन्तव्य व्यक्त गर्दै गिरीको निधनले संगठनलाई ठूलो क्षति पुगेको बताउनुभयो । अध्यक्ष खनालले गिरी सन् १९८१ देखि संगठनको विभिन्न समितिहरुमा बसेर अनुशासित रूपमा कार्य गरेको र दक्षिण भारत क्षेत्रमा नेपालीहरुका समस्या समाधानको लागि निरन्तर क्रियाशील रहेको चर्चा गर्नुभयो ।
साथै, संगठन भित्रका विभिन्न खाले भडकावहरु विरुद्ध प्रष्टताका साथ संघर्ष गरेको स्मारण पनि गर्नुभयो । शोकाकुल परिवार र समाजप्रति समवेदना प्रकट गर्दै खनालले उहाप्रति सच्चा श्रद्धाञ्जली तबमात्रै हुनेछ जब हामी सचेतताका साथ समाज परिवर्तनको लागि अनुशासनबद्ध रुपमा लाग्ने छौँ भन्नुभयो ।
शोक सभाको सञ्चालन मृतकका भतिज अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) रुपन्देहीका कविराज गिरीले गर्नु भएको थियो । शोकसभामा एक मिनेटको मैनधारण गरिएको थियो ।
दाह संस्कारमा दिवंगत गोरीका पारिवारिक सदस्य बन्दुवान्धवसहित तराई मधेस जनवादी मोर्चा केन्द्रीय अध्यक्ष तथा रुपन्देही राजमो जिल्ला अध्यक्ष बद्रे आलम, राजमो जिल्ला सह सचिव तथा तिलोत्तमा नगर अध्यक्ष रुक बहादुर पराजुली, जिल्ला सल्लाहकार कृष्ण बम मल्ल, सैनामैना नगर अध्यक्ष लालबहादुर क्षेत्री, सियारी गाउँसमिति अध्यक्ष मान बहादुर सार्की, किसान नेता मणिरत्न लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
विस. २००० वैशाख १४ गते विहादी गाउँपालिका २ वराचौरमा जन्मिनु भएका गिरी २०४५ सालमा बसाई सराई गरि सुध्दोधन गाउँपालिका साविक फर्साटिकर रुपन्देहीमा आउनु भएको थियो । दिवंगत गिरीको परिवारमा एक छोरा दुई छोरी हुनुहुन्छ ।
















