
नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री चित्र बहादुर के.सी. ले नेपालमा विकास शहर केन्द्रित रहेकोले अव गाँउ केन्द्रित गर्नुपर्ने बताउनु भएको छ ।
श्री कृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ को उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री के.सी ले शहर केन्द्रित विकासका कारण गाउँ समाज समृद्ध बन्न नसकेको बताउनुभयो । उहाँले सरकारमा रहेका दलका नेताले बोलीमा मात्रै जनताको समस्या समाधान गरेकोले अव व्यवहारमा समस्या समाधान गर्ने नेताको आवश्यकता रहेको बताउनुभयो । के सी ले जनताको चेतनामा परिवर्तन नभए सम्म नेताको परिवर्तन नहुने बताउनुभयो । शिक्षा र स्वास्थ्य निजिकरण भएको छ, पूर्व उपप्रधान्मन्त्री के सी ले भन्नुभयो संविधानमा मात्रै मौलीक अधिकारको रुपमा व्याख्या गरीयो तर व्यवहारमा लागु हुन सकेन ।
उहाँले नयाँ तथा युवा प्ुस्ता पलायन हुदा गाउँ तथा समाज विकास हुन नसकेको दावी गर्नुभयो । उहाँले गलकोटमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सरकारमा रहेका नेताले आश्वासन बाढेर काम नगर्दा आफुलाई जनताले काम नगरेको गुनासो गर्ने गरेको बताउनुभयो । चित्र बहादुरले गरेन भनेर तपाईहरुले भन्नुहुन्छ तर पटक पटक पहल गरेको छु । तपाईको ठाँउमा इलाका प्रशासन राख्ने ठुलो विषयनै होइन तत्काल स्थापना हुन्छ भनेर मन्त्री मुख्य सचिवले आश्वासन दिनछन् तर काम गर्दैनन् ।
उहाँले चुनाव जित्नु पुर्व नेताले जनतालाई ठुला ठुला कुरा गरेपनि चुनाव जितेपछि सहरमा घर बनाउने चुनाव खर्च उठाउने ध्यानमा नेता लागेकोले समाज विकास हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले श्री कृष्ण भैरव आँखा उपचार केन्द्र गलकोटकै सम्पत्ति भएकाले यसको सम्वद्र्धन स्तरोन्नतीको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । स्वास्थ्य मौलीक हक भनेर संविधानमै व्यवस्था गरीएको छ गैरेले भन्नुभयो, कायान्वयनमा जटिलता रहेको बताउनुभयो । उहाँले स्वास्थ्य उपचारका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्यमा सर्वसुलभ तथा स्तरीय सेवा प्रवाहको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा श्री कृष्ण नेत्रालयकी प्राध्यापक डाक्टर सल्मा केसीले आफ्ना स्वः हजुरबुवा कृष्ण केसीको सपना साकार पार्न गलकोटको मल्ममा श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र स्थापना गरेको बताउनुभयो । उहाँले गलकोट नगरपालिकाबाट स्वास्थ्य क्षेत्रबाट विशिष्ट योगदान गरेको भन्दै प्राप्त गरेको सम्मान रकम २१ हजार आँखा शिविरमा खर्च गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसी, गलकोट नगरपालिका वडा नंम्वर ७ का वडन अध्यक्ष राज बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
श्रीकृण्ण भैरव आँखा उपचार केन्द्र स्थापना तथा सञ्चालनको लागि घुम्टे युवा परिवार जापान शाखाको नेतृत्वमा संकलित २७ लाख ४ हजार ७ सय ९१ रुपैया बराबरको आँखा उपचार मेसिन डाक्टर सल्मा केसीलाई परिवारका सचिव तुलविर थापाले हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै भैरव परिवारबाट १८ लाख ३ हजार २ सय २२, अष्टेलियाबाट ६ लाख ८४ हजार २ सय ५५ सहयोग प्राप्त भएको जानकारी सहित सहयोगदातालाई सम्मान गरिएको थियो ।
सोहि अवसरमा गलकोट नगरपालिकाद्धारा स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउने डाक्टर सल्मा केसीलाई नगद तथा सम्मानपत्र नगरप्रमुख गैरेले केसीले हस्तान्तरण गरिएको थियो ।
श्रीकृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग हरिकृष्ण आईकेयर फाउण्डेशन, लायन्स क्लव अफ बुटवल मणिउजेशको सल्यक्रिया सहयोग घुम्टे युवा परिवार जापानको सहयोगमा आज देखि ३ दिने आँखा जाँच तथा निःशुल्क सल्यक्रिया शिविर सुरु भएको हो ।
कार्यक्रम श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षता उपाध्यक्ष बसन्त क्षेत्रीको स्वागत तथा सदस्य थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।
आज शिबिरको पहिलो दिन २ सय १ जनाले सेवा लिएको केन्द्रले जनाएको छ ।
















