नीति तथा कार्यक्रममा राजमोको २७ बुँदे संशोधन प्रस्ताव

  • "संघीयता र एमसीसी खारेजी, सीमा अतिक्रमणबारे प्रभावकारी कदम चाल्न माग "
  • काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रिय जनमोर्चाले २७ बुँदे संशोधन प्रस्ताव पेश गरेको छ ।

    प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले पार्टीको तर्फबाट संशोधन प्रस्ताव पेश गर्नुभएको हो ।

    राजमोले नीति तथा कार्यक्रममार्फत संघीयता र एमसीसी खारेजीको माग गरेको छ ।

    यस्तै, कालापानीबाट भारतीय सेना फिर्ता गर्न, प्रवुद्ध समूहको प्रतिवेदन बुझ्न र भारतले अतिक्रमण गरेको लिपुलेक लगायतका क्षेत्रबारे प्रभावकारी कदम चाल्न माग गरिएको छ ।

    राजमोले सशस्त्र द्वन्द्वका क्रममा जनतामाथि भएका सबैखाले ज्यादतीको छानबिन गरी दोषीमाथि कारबारी गर्न माग गरेको छ ।

    यस्तै, उद्योगधन्दाको विकास गरी देशभित्रै रोजगारी सिर्जना गर्न र आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न माग गरेको छ । त्यसका साथै पेट्रोलियम पदार्थको कर घटाएर सस्तो बनाउन तथा चीनसँग समन्वय गरी पेट्रोलियम पदार्थ उत्खनन गर्न पनि राजमोले माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार