शिक्षक संघको महाधिवेशन सम्पन्न, अध्यक्षमा कार्की- महासचिव पौडेल

बुटवल । अखिल नेपाल शिक्षक संघको चौथो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुनः सानोभाइ कार्कीलाई अध्यक्ष चयन गरेको छ ।

महाधिवेशनले ४ सल्लाहकारसहित २७ जना रहेको केन्द्रीय समिति चयन गरेको छ । महासचिवमा पुनः चक्रपाणि पौडेल चयन हुनुभएको छ ।

‘नेपालको वर्तमान आवश्यकता ! सर्वशुलभ, प्राविधिक र गुणस्तरीय शिक्षाको सुनिश्चितता !’ भन्ने नाराका साथ जेठ १४ देखि बुटवलमा सम्मेलन सुरु भएको थियो ।

सम्मेलनको उद्घाटनका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । सम्मेलनमा शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ र महासंघमा आवद्ध विभिन्न संघ संगठनहरुले शुभकामना दिएका थिए ।

सम्मेलनले वर्तमान शैक्षिक अवस्था तथा शिक्षकहरुको पेशागत हक हितबारे छलफल गर्नुका साथै संघको तेस्रो महाधिवेशनयताको चार वर्षे जानकारीमूलक प्रतिवेदन पारित गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

यस्तै, महाधिवेशनले शिक्षामा कम्तिमा २० प्रतिशत बजेट छुट्याउन, शिक्षा ऐन २०२८ संशोधन गरी आधुनिक, रोजगारमुलक शिक्षा नीति लागू गन, पर्याप्त दरबन्दीको व्यवस्था गर्न पनि माग गरेको छ ।

महासंघले गएको २०७८ फागुन ९ गते सरकारलाई बुझाएको ५१ बुँदे मागपत्र कार्यान्वयन गर्न र २०७५ माघ १ गते तत्कालिन केपी ओली नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न पनि संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार