रामप्रकाश पुरीको ‘कम्युनिष्ट आन्दोलनमा मोहनविक्रम सिंह’ बजारमा

काठमाडौं । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले लेख्नुभएको ‘कम्युनिष्ट आन्दोलनमा मोहनविक्रम सिंह’ नामक पुस्तक प्रकाशित भएको छ ।

पुरीले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयको स्नातकोत्तर गर्ने क्रममा तयार पार्नुभएको थेसिसलाई पुस्तकाकारको रुपमा प्रकाशन गर्नुभएको हो ।

प्रकाशित कृतिमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई केन्द्रित गरी नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासबारे सांगोपांगो अध्ययन गरिएको छ ।

यो पुस्तकमा कम्युनिष्ट आन्दोलनसँग जोडिएका विभिन्न दलका शीर्ष नेताहरु चित्रबहादुर केसी, मोहन वैद्य, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, खगुलाल गुरुङ, रामसिंह श्रीष, कृष्ण पौडेल, मोहनचन्द्र अधिकारी तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका विचारहरु समेटिएका छन् ।

यस्तै, मोहनविक्रम सिंहको लामो अन्तर्वार्ता पनि पुस्तकमा छ ।

पुस्तकले सिंहले वयक्तिक जीवनसँगै कम्युनिष्ट आन्दोलनमा उहाँले खेलेको भूमिका र तत्कालिन नेपालको राजनीतिक इतिहासबारे पनि खुलस्त गरेको छ ।

वीरगाथा पब्लिकेसन प्रालिद्वारा प्रकाशित तथा शुभारम्भ प्रिन्टिङ प्रेसमा मुद्रण भएको ६३१ पृष्ठको यो पुस्तकको मूल्य एक हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार