क्रान्ति तिमी

तिमी बिना परिवर्तन का बाटो हरु अधुरो भए
दलाल भ्रष्टाचार ,अनि लुट ब्रम्लुट मौलाएर गए ।

तिम्रो खोजी पुर्ब बाट हुँदै पश्चिम् र उत्तर दक्षिण सम्म,
क्रान्ति बिना सम्भव हुँदैन यो दुनियाँ बदल्न ।

तिम्रो खोजी त सिँदुर पुछिएका चेलिहरु ले गर्न थाले ।
यस्तो निस्ठुरी भैइ बस्न हुँदैन भन्छ्न वृद्ध आमा बाले ।

यति धेरै मंहगी ले गरिब को घर मा कसरी बल्ला चुल्हो,
चिप्लौटे भाषण गर्ने ब्याक्ती सत्ता गएर भयो रनभुल्लो ।

क्रान्ति बिना शोषितको राज्य खोस्सिएको इतिहास छैन,
कतैन कतै तिमी रुपान्तरण रुपि बिचार ब्यवहारिक बन्ने छैन ।

त्यसैले अँध्यारो बादल लाई फार्दै क्रान्ति तिमी चिर्को पार्दै आउँ,
साम्राज्यवाद र दलाल पुँजिवाद को रंजाइ लाई सफा गरौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार