मूल प्रवाहद्वारा जन्डिस पीड़ितलाई आर्थिक सहयोग

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगराले जन्डिस पीडितलाई आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका दिनेश बर्मालाई एकता समाजले उपचारका लागि आर्थीक सहयोग गरेको हो ।

उहाँ भारतको सीता नगर, रामबाग पल्लीपार आगराका (राधाकृष्ण मन्दिर) को नजिक बस्दै आउनुभएको छ । दीनेशको जन्डीसका कारण खाना निल्ने नलीमा समस्या भएकाले उपचार गराउँदै आउनु भएको छ ।

उहाँको आर्थिक अवस्था कमजोर भएर उपचार गर्न असहज भएको सूचना नगर समितिका वैकल्पिक सदस्य हर्कबहादुर मार्फत जानकारी आएपछि मूल प्रवाहले आर्थिक सहयोग गरेको छ ।  नगर अध्यक्ष मिट्ठू केसीको पहलमा आर्थीक संकलन गरि सहयोज गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार