“ठुक्क छु म”

किसान ले मल पाएका छैनन्
उद्योगधन्दा कलकारखाना
खुलेका छैनन्
भएका पनि कौंडिको भाऊमा
विदेशी लाई सुम्पिएका छन्
दिनको दुईहजार भन्दा वढि
युवा हरु देश बाहिरिन्छन्
दैनिक खाँडी मूलुक बाट
वाकसमा लास भित्रिन्छन्
उत्पादनका साधन
सिमीत मान्छेका कब्जामा छन्
प्राकृतिक स्रोत हरु
विदेशी लाई सुम्पिएका छन्
अर्थ तन्त्रको नीति खुला छ
तर
ठुक्क छु म
संविधानमा
राज्य समाजबाद उन्मूख
लेखिएको छ।
भष्ट्रचार महङ्गि कालोबजारीले
आकाश छोएको छ
राष्ट्रिय स्वाधिनता माथी
कालो बादल मडारिएको छ
वुढा पार्टी भित्रका
आश गरेका तन्नेरी नेता हरुका
चत्रिकला देख्दा झन विचित्र छ
मन्त्री बन्न परेको छ
छोड्न पर्दा बलिन्द्रधारा आशु झरेको छ
यहाँ देशको चिन्ता छैन
जनताको चिन्ता छैन
महङ्गि भष्ट्रचार प्रति कुनै सरोकार छैन
चिन्ता आफ्नो मात्र छ
तर
ठुक्क छु म
संविधानमा सु- शासन लेखिएको छ।
त्यहि समाजबाद को त्यान्द्रो
समाती ठुला ठुला बहस हुदैछन्
तर कुन समाजबाद हो
नेताहरु आफैमा अन्यौलमा छन्
स्वास्थ्य शिक्षा रोजगार
निजिकरणको पिंजडा मा थुनिएका छन्
सामाजिक विभेद ले सिमा नाघेका छन्
तर
ठुक्क छु म
संविधानमा मौलिक हक लेखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार