प्यूठान । सोमबार राति परेकाे चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ बिजुलीकाेटका दुई बालकको मृत्यु भयकाे छ ।
चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकाे र उनीहरूकाे उपचारकै क्रममा मृत्यु भएकाे जिल्ला अस्पताल प्यूठानलाई उद्दृत गर्दै ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए ।
















