मौलिकता

म बाट टाढा गयौं रे साथी,
फेरि पनि मेरै नाम बेचि बेचि ।
गर्दै छौ रे नि त,
रिस डाह र कुण्ठाको खेति।।

मेरो नाम लिदा,
गर्बले छाती फुलाउछौ रे।
मत खारिएको सुन हु भन्दै,
लाटा सिधा जनता भुलाउछौ रे।

तिमिलाइ थाहा नभएको होइन ,
केबल म मात्र छैन भनेर।
मसंग कठोर संहिता छन्,
पालना गर्नुपर्छ भन्थेउ त एक एक गरेर।।

तर एक्कासि आज किन् ?
नराम्रो संग बिचलित भयौं ।
मेरो नाम लिने नाममा नामलाई नै,
बन्दाम गर्दै झन् ढाटा गयौं।।

अझै पनि अबेर भएको छैन,
आचार संहिता पालना गर्दै फर्क साथी।
होइन भने मेरो नाम लिनबाट ,
एथासिघ्र तर्क साथी ।।

म तिम्लाइ चेतावनी दिन्छु,
यदि तिमी सजिब प्राणी हौ भने।
तिम्रो आफ्नै मौलिकतामा बाच,
आफ्नै हातपाउको सहाराले,
स्वतन्त्र र प्रफुल्ल भै नाच।।।

।समाप्त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार