प्युठानका शिव एक वर्षदेखि सम्पर्क विहीन, खोजी कार्यमा सहयोग गरौं !

खिमराज चालिसे, चंडिगढ।
प्युठानको झिमरुक गाउँपालिका– ८ का शिव बहादुर थापा मगर बिगत एक वर्षदेखि सम्पर्क विहीन हुनुभएको छ ।

खुम बहादुर थापा मगरको छोरा शिव विगत सात वर्ष पहिला भारत तर्फ गएको र गत वर्षसम्म सामान्य सम्पर्कमा रहेको भएपनि यो वर्षबाट परिवारसँग सम्पर्क विहीन रहनुभएको छ ।

सम्पर्कक विहीन भएका शिवको खोजि गरिदिन परिवारले मूल प्रवाह अखिल भारत नेपाली एकता समासँग आग्रह गरेका छन् । एकता समाजका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले परिवारले खोजिमा सहयोग गरिदिन आग्रह गर्नुभएको बताउनु भयो ।

उनी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा त्रिभुवन भट्टराई ९१९४१४९४८७९० लाई सम्पर्क गर्न मूल प्रवाहले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार