
पोखरा । गण्डकी प्रदेश सभा सदस्य पियारी थापाले गाउँ मैत्री अक्षय कोष (जीएमएके) मा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्नुभएको छ ।
सो अक्षयकोषमा प्रदेश सरकारको तर्फबाट बजेट छुट्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद थापाले जीएमएकेको कुनै गलत नियत नरहेको बताउनुभएको छ ।
पोखरा गण्डकी प्रदेश सभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका संसदीय दलकी नेतृ पियारी थापाले गलत नियतसहित बजेट विनियोजन नगरेको बताएकी छिन् ।
सोमबार विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनमोर्चाका नेत्री थापाले गलत मनसायले बजेट विनियोजन नगरेको स्पष्ट पार्नुभएको हो । नेपालका वाद्ययन्त्रहरु संग्रहित संग्राहलयको भवन निर्माणको लागि स्थानीय वडाका जनप्रतिनिधिहरुको आग्रह अनुसार बजेट विनियोजन गरेको थापाको भनाई छ ।
‘हाल यस संस्थामा म कुनै पनि भुमिकामा संलग्न छैन । यो संस्थामा अहिलेसम्म धेरै पदाधिकारी र सदस्यहरुले आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘यो आर्थिक वर्षमा विनियोजित ६० लाख रकम संस्था तथा सोही वार्डका जनप्रतिनिधिहरुको माग र आग्रहमा विनियोजन भएको हो ।’
उहाँले जिम्याकले दुर्गम गाउँमा हुर्केका प्रतिभाहरुको खोजी गर्ने कार्य गरिरहेको, ६ रोपनी जग्गा खरिद गरिसकेको र हाल संग्रहालय भवन निर्माण भइरहेको जानकारी दिनुभएको छ ।
‘गाउँमैत्री अक्षयकोष (जिम्याक) २०६८ सालमा दर्ता भएर लगातार १० वर्षसम्म ट्यालेन्ट आफ भिलेज कार्यक्रम सञ्चालन गरेर दुर्गम गाउँमा हुर्केका प्रतिभाहरुको खोजी गर्ने कार्य सम्पन्न गरिसकेको छ । हालसम्म संस्थाले आफ्नो नाममा ६ रोपनी जग्गा व्यवस्थापन गरेर अहिले वृहत सांस्कृतिक संग्राहलय निर्माण कार्यमा लागिपरेको छ । सो बजेट चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएको तेस्रो तलाको हवाई ढलानसहितको संग्राहलय भवनको सम्पन्नताको लागि खर्चिने उद्देश्य हो ।’
उहाँले हाल दोस्रो अध्यक्षको रुपमा हेमराज आश्रम रहेपनि संस्थाको विधान अनुसार साधारण सभापश्चात नेतृत्व परिवर्तन गरेर यो योजना कार्यान्वयनमा लगिने प्रतिवद्धता जनाउनुभएको छ ।















