दूर्घटना पिडीतहरुलाई मूल प्रवाहद्वारा सहयोग

संगरुर, पंजाब । दूर्घटना पिडीत जेदु विक र अर्जुन विकलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले सहयोग गरेको छ । उनीहरुलाई जनतासँग रु. २४ हजार आर्थिक संकलन गरि दुवै जनालाई रु. १२–१२ हजारका दरले सहयोग गरि स्वदेश पठाइएको छ ।

उनीहरु दुवैजनालाई मूल प्रवाह संगरुरको पहलमा दुई जना नेपाली ठेकेदारहरु मधु भुसाल र कृष्ण भुसाललाई दवाव दिइ करिव एक महिनाको दौरानमा भएको उपचार खर्च लगभग रु. ८० हजार दिलाइएको छ ।

अर्घाखाँची जिल्ला, सितगंगा नगरपालिका वार्ड नं ६ दाङ सिंह घर भएका जेदु विक र अर्जुन विक भारतको पंजाब राज्य अन्तर्गत संगरुरस्थित मैगजीन मल्ला मोहल्लामा वसोवास गर्दै आइरहेका र वेटरको काममा विभिन्न क्याटरिङहरुमा काम गरिरहने दुबैजना २० नोभेम्बर २०१९ को रोड दूर्घटनामा परि घायल भएका थिए । उक्त दूर्घटनामा जेदु विक ४० वर्षको हात दुई ठाउँबाट भाँचिएको र अर्जून विक २३ वर्षको टाउकोमा गहिरो चोटलागेको थियो ।

वहाँहरु दुवैजनाको स्वदेशसम्म पुराउने भाडा सहयोग सगरमाथा टुर एंड ट्रावलले गरेको छ भने मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य नरबहादुर ओलीले वहाँहरुलाई सकुसल पुराउने व्यवस्था गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार