
रियाद । सउदी अरब नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष गणेश पोख्रेल मातृशोकमा पर्नुभएको छ ।
कोषाध्यक्ष पोख्रेलकी ७९ वर्षीय आमा गोमा पोख्रेलको २०७९ साउन ६ गते शुक्रबार दाङमा निधन भएको हो ।
यसै सन्दर्भमा सउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धितालले शोक वक्तव्य जारी गर्दै उहाँप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
शोकवक्तव्यमा अध्यक्ष धितालले भन्नुभएको छ–
“साउदी अरब नेपाली एकता समाज, केन्द्रीय समितिका कोषाध्यक्ष गणेश पोख्रेलकी ममतामयी आमा गोमा पोख्रेल वर्ष ७९ यही साउनको ६ गतेका दिन अकस्मात मृत्यु भएको हुँदा सउदी अरब नेपाली एकता समाज उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ ।”















