
- वैवाहिक अङ्गीकृतलाई तत्काल नागरिकता
हिले प्रचलनमा रहेको नागरिकता कानुनमा पनि नेपाली नागरिक पुरुषसँग विवाह गरेका विदेशी महिलाहरूले विदेशी नागरिकता परित्याग गर्न कारबाही चलाएको प्रमाण र विवाह दर्ताको प्रमाणपत्र पेस गरेपछि तत्कालै नेपाली अङ्गीकृत नागरिकता पाउने व्यवस्था छ।
- जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता
नेपालको प्रमुख पदहरूमा निर्वाचित वा नियुक्त हुन वंशजको नागरिक हुनुपर्ने संवैधानिक व्यवस्था छ। यसअघि त्यस्ता व्यक्तिहरूबारे जाँचबुझ नगरी जन्मका आधारमा नागरिकता बाँडिएको आरोप विरोधमा रहेका पक्षहरूको छ।
- महिलाका सन्तानलाई अङ्गीकृत
नागरिकता विधेयकले महिला र पुरुषलाई समान अधिकार नदिएको महिला अधिकारकर्मी र सांसदहरूको गुनासो छ।
- बाबुको पहिचान नभएका सन्तान
विधेयकले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ।
- अरू विषय के छन् ?
संविधानमै व्यवस्था भए पनि कतिपयले गैर आवासीय नेपालीलाई दोहोरो नागरिकताको सुविधा दिने व्यवस्थाको समेत विरोध गरेका छन्।















