
प्यूठान सरुमारानी गापा ३ निवासी देव बहादुर रानासँग सोही गापा अन्तर्गत वडा नम्बर २ निवासी चन्द्र बहादुर पुलामी कि छोरी नुमा पुलामी (जो हाल वर्ष २५ की छिन्) को २०६९ कार्तिक १३ गते वैवाहिक सम्बन्ध गासिएको थियो । विवाह भएको ५ वर्ष पछि उनीहरुको एक छोराको जन्म भएको थियो । यसरी पारिवारिक सम्बन्ध अघि बढिरहेको अवस्थामा उनीहरु भारत प्रवास राजस्थानको जयपुरमा पुगि गुजारा चलाउँदै गरेका थिए ।
यसै क्रममा श्रीमती नुमाको अरु कुनै एकजना केटासँग फोनमा कुरा हुने गरेको श्रीमान देव बहादुर रानाले थाहा पाएका थिए । देव बहादुरले नुमाको यसप्रकारको गतिविधिको उनका माइती पक्षलाई समेत जानकारी गराएका थिए । नुमाले श्रीमानसँग ‘अब आइन्दा उक्त केटासँग कुनै प्रकारको सम्पर्क गर्दिन, माफ पाउँ’ भनि कबुल समेत गरेका थिए । श्रीमतीको उक्त आस्वाशनबाट देव बहादुर विश्वस्त भएका थिए ।
तर ७ जुलाई २०२२ का दिन देव बहादुर ड्युटी गएको समयमा कोठामा भएका सम्पुर्ण पैसा, गरगहना र छोरा समेत लिएर सोही फोनमा कुरा हुने केटा प्यूठान खडीओढार निवासी ओम बहादुर पुनसँग फरार भएकी छन् । श्रीमती हराए पछि खोजविन गर्ने दौरानमा राजस्थान जोधपुरको माप भन्ने ठाउँमा गइ बसेको खबर पाए पछि देव बहादुर उक्त स्थानमा पुगेका थिए । तर उनी पुग्नु अगावै देव बहादुर आउँदै गरेको खबर पाएर उनीहरु फरार भएको देव बहादुरले हामीलाई बताए ।
फेसबुक आइडी अविशेक नविना रहेको र वास्तविक नाम ओम बहादुर पुनले देव बहादुर रानीकी श्रमती नुमा पुलामी र छोरा रोमन रानालाई लगेर गएका छन् । उनीहरु हरियाणको सोनीपत, पानीपत, करनाल, जिन्द वा चर्खिदादरी तिर भएको आशंका छ । उनीहरुलाई फेला पार्ने जो सुकै महानुभावले नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा तिल बहादुर राना +91-99583 70048 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।















