हैदरावादमा माओ दिवस मनाइयो

हैदरावाद । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच, मध्य र उत्तर हैदराबादले फरक फरक स्थानमा बिश्व सर्बहारा बर्गका महान नेता तथा पथ प्रदर्शक क माओत्सेतुङको १२७ औं जन्म दिवस मनाइएको छ ।

तिलक रानाको सञ्चालन, थम्मन बस्नेतको अध्यक्षता र राजु दुलालको स्वागत मन्तव्यबाट अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सल्लाहकार रामकुमार क्षेत्रीले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो । क्षेत्रीले माओले चीनियाँ समाज र क्रान्तिका लागि खेलेको भुमिका तथा योगदानको बारे चर्चा गर्नु भभएको थियो ।

कार्यक्रममा मूल प्रवाह क्षेत्रीय समितिका रमेश ज्ञावली, रक्तिम केन्द्रीय बिभागका झलक पुन, महिला क्षेत्रीय बिभाग कि गोमा राना, नगर समितिका धन बहादुर शाही, गंगा कडायत, सबिता पौडेल, बिकास परियार, संझना दुलाल, प्रमिला बस्याल, बाल संगठनका संजोग दुलालले लगायतले मन्तव्य दिनुभएको थियो ।

                   त्यसैगरि उत्तर हैदरावादमा मिना आचार्यको अध्यक्षता, जिबनाथ शर्माको सञ्चालन र तेजेन्द्र प्रसाद शर्माको स्वागत मन्तव्यबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय समितिकी सदस्य लीला देवि शर्माले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो ।

शर्माले क माओले देखाएको बाटोमै अडिग रहेर काम गर्न सक्यौं भने मात्र नेपालमा क्रान्तिको सुनिश्चिता रहेको बताउनु भयो । कार्यक्रममा मूल प्रवाह उत्तर नगर अध्यक्ष मोहनलाल शर्मा, महिला क्षेत्रीय बिभाग कि माया थापा, लालबहादुर थापा, धन बहादुर थापा, कर्ण बहादुर थापा, प्रेम बिक, देवि शर्मा, खगिसरा थापा, प्रशुराम शर्मा, राष्ट्रिय जनमोर्चाका सदस्य गंगा बहादुर लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार