राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै तारापुरमा विरोध सभा

तारापुर, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध सभा सम्पन्न भएको छ ।

खडक राईको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष प्रेम पौडेललको प्रमुख आतित्थ्यता रहेको थियो । प्रमुख अतिथि पौडेलले नागरिकता प्रमाण पत्र जस्तो महत्वपूणर् दस्तावेज बारे सरकारले ठूलो राष्ट्रघात गरेको बताउनु भयो ।

‘जुन जनु वेला देशमा राष्ट्र विरोधी गतिविधि हुन्छ, त्यतित्यति वेला मूल प्रवाहले भारत प्रवासबाट खबरदरी गर्दै आएको छ ।’ पौडेलले भन्नु भयो- ‘यदि कुनै पनि शक्तिले राष्ट्रघाती कदम चाल्द छ भने त्यसको विरुद्धमा प्रतिकारका लागि देशभक्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरु लमवद्ध भएर स्वदेश भित्रिन सक्छौं ।’

कार्यक्रममा केन्द्र्री य सदस्य टंक कुँवर, पश्चिम भारत क्षेत्रीय महिला संयोजक रेनुका कुँवर, तारापुर महिला विभागकी अध्यक्ष सुनिता पुनले पनि आतित्थ्यता तथा मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहिदको सम्झनामा एक मिनेट मौनधारण पछि कार्यक्रमको लोकमणि पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालक शान्ती थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार