
पोखरा । कास्कीमा आइबसेका बागलुङबासीको एक भेलाले राष्ट्रिय जनमोर्चाको बागलुङ–पोखरा सम्पर्क समिति गठन गरेको छ ।
राजमो महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा सोमबार पोखरामा सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा सन्तोष पौडेल, उपाध्यक्ष प्रवीण पोख्रेल, सचिव डम्मर थापा, सहसचिव हरिबहादुर खत्री र कोषाध्यक्षमा दानु सारू रहनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा गङ्गापुन, नरबहादुर थापा, टेकबहादुर थापा, टीकाराम पाठक, कुशुम शर्मा, भागिरथ शर्मा, हिरालाल श्रीस, कृष्ण केसी, मोहन थापा, गङ्गा नेपाली, धनबहादुर थापा, देविलाल कँडेल, विकास बस्नेत, कुशुम पुन, प्रेम गायक, गुरु शर्मा, इन्द्रमणि पाण्डे र चन्द्रकान्त शर्मा रहनुभएको छ ।
त्यसैगरी सल्लाहकारमा पियारी थापा, मणिरत्न शर्मा, दुमनाथ चापागाईं र भोजबहादुर भण्डारी रहनुभएको छ । समितिमा सदस्य र सल्लाहकारको तीनतीन स्थान हाललाई रिक्त राखिएको छ ।
भेलामा राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डे, राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, अखिल (छैठौं) का केन्द्रीय सदस्य इन्द्रमणि पाण्डे, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी र वाम बुद्धिजीवी मेघराज ढकाले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा राजमो गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालको आतिथ्य रहेको थियो भने समितिलाई राजमो केन्द्रीय सदस्यतथा सांसद पियारी थापाले बधाई दिनुभएको थियो ।
भेलाको अध्यक्षता सन्तोष पौडेलले, सञ्चालन प्रवीण पौडेलले र स्वागत डम्मर थापाले गर्नुभएको थियो ।















