ओडिसामा मूल प्रवाहले नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न पार्यो

पुर्बी भारत, २७ जुलाई । मूल प्रवाह अखलि भारत नेपाली एकता समाज पुर्बी भारत क्षेत्रीय समिति अन्तर्गत कटक र भुवनेश्वर नगर समितिको संयुक्त आयोजनामा राष्ट्रघाती सम्झौता नागरकिता विधेयक खारेजीको माग गर्दै सभा सम्पन्न भएको छ ।

शिब कुमार सुतारको सञ्चालन तथा रेकम जिसीको अध्यक्षताबाट अगाडि बढेको सो सभामा सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चात उपस्थति जन समुदायहरुलाई नर बहादुर बिकले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य हेम कुमार थापा, गिरीराज परियार, विष्णु श्रीनेत र हुकुम ओलीले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार