हैदरावादको माटफोटमा टोल समिति गठन

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित सिकेन्द्राबाद ए एरिया अन्तर्गतको माटफोटमा टोल समिति गठन गरियो ।

सबिता पौडेल र गंगा कडायतको पहलमा र नगर सचिव तिलक रानाको विशेष उपस्थिति बिच भेलागरी संगीता के.सी.को अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गरिएको छ । जसमाः अध्यक्ष संगीता के.सी. उपाध्यक्ष कुमारी थापा, सचिव देबबहादुर के.सी. सहसचिव सरस्वती नेपाली, कोषाध्यक्ष आशा नेपाली सदस्यहरुमाः सीता पौडेल, श्रीजना गैरे, निता नेपाली, राज गैरे, रामबाबु पौडेल, चन्द्रबहादुर थापा, कमला नेपाली र अस्मि के.सी. रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार