गुडगावमा नागरिकता विधेयक खारेजीको लागि सभा

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति गुडगावले नागरिकता संशोधन विधेयकका विरुद्धमा सभा सम्पन्न पारेको छ । नगर अध्यक्ष रन बहादुर थापाको अध्यक्षता र घनश्याम कोइरालाको सञ्चालनमा अगाडि बढेको सो सभामा सहभागिहरुलाई गोपाल भट्टराईले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार राम बहादुर गौतम, क्षेत्रीय समितिका राम बहादुर विक, महिला विभागकी संयोजक सुमित्रा थापाले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

त्यस्तै नगर समितिका जित बहादुर विक, दिल बहादुर विक, दुर्गा राना, शिव थपा र क्षेत्रीय समितिका सुरज गतराजले पनि मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार