हिसारमा समता विभागको भेला सम्पन्न

हिसार, २९ डिसेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारको आयोजनामा समता विभाग हिसारको नगर भेला भव्य र सानदार रूपमा सम्पन्न भएको छ ।

नगर अध्यक्ष नन्द बहादुर लम्तरीको अध्यक्षतामा र निरु सारुको सञ्चालनमा सम्पन्न भेलामा विभिन्न अतिथिहरुको आसन ग्रहण पछि, ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारणको साथ उपस्थित जनसमुदायहरुलाई तिलक सोनीले स्वागत गर्नुभएको थियो ।

तत्पश्चात नवनिर्र्वािचत समता विभागको प्यानल प्रमुख अतिथीको आसानबाट मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिका सल्लाहकार तारा सोमरेले गर्दै भन्नुभयो “वर्तमान व्रामणवादी सामाजिक संरचनामा दलित समुदायमाथी विभेदपुर्ण व्यावहार भइरहन्छ तर समता मूलक समाज निर्माण गर्न जातीय आन्दोलनलाई वर्गसंघर्षको कडिसँग जोडनै पर्दछ “भन्दै वहाँले दलित समुदायले आप्mनो पहिचान नलुकाइ अगाडि वढनुपर्ने कुरामा जोड दिनुभएको थियो, भेलाबाट निर्वाचित समितिमा संयोजकः श्याम बहादुर बिक र सदस्यहरुमा तिलक सोनी, भिम बिक, नारायण बिक, मानसिंह परियार, तारा सुनार, कुसुम सोनी, डोल माया बिक, टेक बहादुर विक, विस्णु नेपाली र रिक्त गरि ११ सदस्यीय समता विभागको गठन भएको घोषणा गरिएको छ, नव निर्वाचित संयोजक श्याम बहादुर विकले समिति र सवै निर्वाचित साथीहरूको तर्फदेखि सपथ ग्रहण गरेपछी नवनिर्वाचित समितीलाइ बधाई तथा शुभकामना दिने बक्ता साथिहरुमा डोल माया बिक,केयर सिंह घर्ती मगर, दुर्गा ज्ञवाली, कमला बगाले, दिपा लमतरी, सुरेस क्षेत्री, लालबहादुर चुदाली, मन बहादुर घर्ती मगर लगाएतले वधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार