भोपालमा नव प्रवेशीहरुलाई मूल प्रवाहद्वारा सम्मान

२०७६ सालको प्रगतिशिल देउसी–भैलो तथा बनभोज कार्यक्रम सम्पन्न

भोपाल, ५ जनवरी । मूल प्रवाह भोपाल नगर समितिको आयोजनामा प्रगतिशिल दिउसी भैलो तथा बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको छ ।

सोही दिन विभिन्न अन्य संगठन परित्याग गरि मूल प्रवाहमा प्रवेश प्रवेश गर्नुहुने नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो । एवं सङ्गठनको काममा उत्कृष्ट कार्य गर्ने अन्य साथीहरु तथा कलाकारहरुलाई पुरस्कारको साथ सम्मान गरिएको थियो ।

कार्यक्रममा मुख्य अतिथिहरुमा केन्द्रीय सदस्य तालबहादुर खड्का, अतिथिहरु क्रमशः मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष केबी खड़का, क्षेत्रीय कोषाध्यक्ष्य सुरेश पाण्डे, क्षेत्रीय सदस्य लालबहादुर क्षेत्री, लक्ष्मी रोका, भोपाल नगर समितिको तर्फबाट पीताम्बर पुलामी, बिष्णु अर्याल लगायतले आ–आफ्ना मन्तब्य ब्यक्त गर्नुका साथै उपस्थित भएका सम्पूर्ण सदस्यहरुलाई शुभकामना दिनु भयो । कार्यक्रमको सञ्चालन नगर सचिव सोनु थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार