नागरिकता बिधेयक बिरुद्ध सभा सम्पन्न

#धर्म सुनार

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा नागरिकता बिधेयक बिरुद्ध सभा सम्पन्न भएको छ । सुभाष गौतमको अध्यक्ष र कार्यक्रमको सञ्चालन बलबहादुर बिकले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा क्षेत्रीय समितिका रेसम बिक, नगर समितिका गणेश शर्मा, विक्की परियार, सिता परियार र गिता परियारले मन्तब्य राख्नु भएको थियो ।

२०७९ साउन ७ गते संसदबाट पारित नागरिकता संशोधन बिधेयक नेपालीहरुको हितमा नरहेको र विदेशीहरुको दवाबमा देशलाई फिजीकरण गर्न खोजेको वक्ताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार