अखिल (छैठौं) ले भदौ २५ देखि असोज १० सम्म ‘विशेष सांगठनिक अभियान’ सञ्चालन गर्ने

काठमाडौं । अखिल (छैठौं) ले आगामी भदौ २५ गतेदेखि असोज १० गतेसम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यही साउन १३ र १४ गते रोल्पामा सम्पन्न केन्द्रीय समितिको बैठकले विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गर्दै त्यसको लागि जिम्मेवारी निर्धारण गरिएको जनाएको छ ।

यस्तै, अखिल (छैठौं) ले राष्ट्रघाती नागरिकता विधेयकलाई पास गर्ने संसदको कदम, एमसीसी सम्झौता र संघीयताको विरोधमा यही साउन २० गते देशव्यापी मसाल जुलुस लगायतका आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

अध्यक्ष देवेन्द्र कुँवरद्वारा आइतबार जारी विज्ञप्तिमा नागरिकता विधेयक पास भइसकेपछि देशको राष्ट्रियता थप खतरा उत्पन्न भएको औँल्याइएको छ ।

यस्तै, बैठकले विभिन्न प्रदेशस्तरीय भेला प्रशिक्षणको मिति तय गर्नुका साथै केन्द्रीय समितिका केही स्थानमा पदपुर्तीसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार